समुदाय र विद्यालय संगसंगै , आफ्नो बिद्यालय रहेको समुदायलाई अझै कसरी सफा राख्न सकिन्छ ? आफ्नै विद्यालयलाई कसरी सफा राख्न सकिन्छ? फोहोर फाल्ने कि ब्यवस्थापन गर्ने ? ब्यवस्थापन गरिने फोहोरबाट कसरी फाइदा लिन सकिन्छ ? फोहोर ब्यवस्थापनका लागि समुदाय संग कसरी सहकार्य गर्न सकिन्छ?
सुदेश स्कुलको कक्षा -४ का नानिबाबुहरुले एकता टोल विकास संस्थाका प्रतिनिधि , ललितपुर महानगरको वडा न. ४ क जनप्रतिनिधि, फोहोरमैला ब्यवस्थापनको क्षेत्रको काम गर्दै गरेको संस्था नेप्सेम्याक , महिला समूह लगाएतका प्रतिनिधिका अगाडी सो बिषयको अध्यायन प्रतिवेदन प्रस्तुत गरे। बिधार्थीले यसअघि एकता टोलको भ्रमण, अध्यायन ,सरसफाई र फोहोर ब्यवस्थापन गरेका थिए।