लेखक गितेश प्याकुरेलसंग कक्षा पाँच र आठका विद्यार्थीहरुले अन्तरक्रिया गरेका थिए। कक्षा आठका विद्यार्थिहरुले सिंहशार्दुल कथाको कथा समिक्षा बनाएर प्रस्तुत गरे र कथा पढ्दाको आफ्नो अनुभव बाढे। कक्षा पाँचका विद्यार्थीहरुले योद्धा किताबको कथा समिक्षा, स्टोरी क्लाउड र बूकमार्क बनाई प्रस्तुत गरेका थिए। उनीहरुले कथामा आधारित नाटक तथा कविता प्रस्तुत गरे। कथा पढ्दाको अनुभव , मन परेको र मन नपरेको कुराहरु, रमाईलो घटनाहरु आदि को बारेमा बताएर लेखक संग अन्तरक्रिया गरे।