आदरणीय अभिभावक ज्यू,
विद्यालयमा नानीहरु रमाउनु पर्दछ। विधार्थीहरु हाँसीखुशी विद्यालयमा बस्नुपर्दछ। शिक्षक र विधार्थी विचको सम्बन्ध साथीको जस्तो हुनुपर्दछ। सानो कक्षामा त अझ शिक्षक विधार्थी एक आपसमा धेरै नै सुमधुर सम्बन्ध हुन आवश्यक छ।
कहिले काही हामी विधार्थीलाई शिक्षक र विद्यालयको डर देखाइदिन्छौँ ।यसले नानीहरुलाई शिक्षक र विद्यालयको डरकाे कारण विद्यालय असुरक्षित ठाउँ लाग्न सक्छ । स- सना कलिला मुना जस्ता नानीहरुलाई विद्यालय सुरक्षित ठाउँ हाे भन्ने सुनिश्चित गराउनेजिम्मा अभिभावक र शिक्षक दुवैको हो ।
आउनुस् ! नानीहरुलाई विद्यालय जान उत्साहको वातावरण सृजना गराऔँ ।
विद्यालय प्रशासन